National life
cg eloctronics

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

वार्षिक साधारण सभाबाट उहाँ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
2.1kShares
नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
muktinatha bikash bank

काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको २०८३ साल जेठ २५ गते सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट उहाँ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि उहाँले संघमा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नव गठित अध्यक्षमा मनोहर दास मुल, (अध्यक्ष, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), उपाध्याक्ष, आजाद श्रेष्ठ, (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड), महासचिव, महेन्द्रकृष्ण श्रेष्ठ, (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) कोषध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स), सदस्यहरुमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स), पवन अग्रवाल, (सञ्चाकल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त हुनु भएको छ । त्यसैगरी,सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उहाँलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।

निर्जीवन बीमा क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गर्नुभएका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण स्वर्णपदकधारी (गोल्ड मेडलिस्ट) हुनुहुन्छ । बीमा क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उहाँले देशको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।

everest bank

हाल उहाँ नेपाल कागज व्यवसायी संघका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी सदस्य र नेपाल टेनिस संघको अध्यक्ष समेत रहनुभएको छ । साथै, उहाँ २०७९ साल फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।

निर्वाचनपश्चात् प्रतिक्रिया दिँदै अध्यक्ष मुलले नेपालको निर्जीवन बीमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन आफू प्रतिबद्ध रहने बताउनुभएको छ । उहाँले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, व्यवसाय विस्तार तथा सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउने दिशामा संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघ नेपालको निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूको साझा हित, समन्वय र व्यवसायिक विकासका लागि स्थापित प्रतिनिधिमूलक संस्था हो ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?