National life

अघिल्लो वर्षको तुलनामा देशको अर्थतन्त्र सुधार र बलियो भएको छ: प्रधानमन्त्री दाहाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
1.4kShares
अघिल्लो वर्षको तुलनामा देशको अर्थतन्त्र सुधार र बलियो भएको छ: प्रधानमन्त्री दाहाल
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै सुधार आएको दाबी गरेका छन् ।

(आज) शुक्रवार देखी हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र अघिल्लो वर्ष भन्दा यस वर्ष सुधारको बाटोमा गएको दाबी गर्दै अर्थतन्त्र अब लयमा आउने जनाएका छन्।

अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो,’ उनले भने, ‘अहिले धेरै सुधार भइसक्यो ।’ प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै प्रधानमन्त्री दाहालले अर्थतन्त्र संकटको अवस्थाभन्दा निकै माथि रहेको दाबी गर्दै कोही कसैलाई निराश नबन्न आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?