National life

अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास दोहोरिएको छ: प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
581Shares
अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास दोहोरिएको छ: प्रधानमन्त्री ओली
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता गतिविधि मौलाउन नदिइने बताएका छन् ।

मङ्गलवार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट पारेका हुन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, माता तीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए।

समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?