National life

अरुण र दूधकोशी आयोजना निर्माण पछि ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिन्छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.3kShares
अरुण र दूधकोशी आयोजना निर्माण पछि ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिन्छ: अर्थमन्त्री पुन
ncell

काठमाडौं। माथिल्लो अरुण र दूधकोशीजस्ता ठूला आयोजना निर्माण सकिएसँगै नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थप हुने अर्थमन्त्री वर्षमान पुनको भनाईं छ ।

माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकका पदाधिकारीसँग बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री पुनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको बताए। मन्त्री पुनले दुवै आयोजनाको तयारी राम्रोसँग भइरहेको भन्दै प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकले सहवित्तकर्ताहरूसँग समन्वय गरिरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

मन्त्री पुनले दुई ठूला आयोजना निर्माणपछि नेपालको अरु ठूला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सम्झौता गरेको तथा बंगलादेशलाई ४० मेगावाट विद्युत दिन लागिएको भन्दै आन्तरिक मात्र नभइ क्षेत्रीय बजारमा समेत नेपालको विद्युतको माग रहेको उल्लेख गरे।

क्षेत्रीय बजारमा थप माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा स्वच्छ ऊर्जा उत्पादनका लागि थप लगानी चाहिएको बताए। मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीको वातावरण राम्रो रहेकाले लगानी वृद्धि गर्न विश्व बैंक, एसियाली विकास बैंकसहित विकास साझेदारहरूलाई अपिल गरेका छन्।

२९ हजार हजार मेगावाट क्षमताको सम्भाव्यता अध्ययन सकिएको भन्दै उनले पाइपलाइनमा रहेका आयोजनामा लगानी गर्नेबारे धारणा बनाउन विश्व बैंक र एसियाली विकास बैंकलाई आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?