National life

अर्थतन्त्र लयमा छ,एकै व्यक्ति बैंक र व्यवसायी बन्दा आउने समस्याको कानुनी व्यवस्था गर्छौ: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
654Shares
अर्थतन्त्र लयमा छ,एकै व्यक्ति बैंक र व्यवसायी बन्दा आउने समस्याको कानुनी व्यवस्था गर्छौ: प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आजको प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै एकै व्यक्ति वा समूहले बैंक पनि हुने र व्यवसायी पनि आफै हुँदा आउन सक्ने समस्यालाई निराकरण गर्न सरकारले कानुनी रूपमा नीतिगत व्यवस्था गरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यस्ता दिशामा थप नीतिगत र कानुनी सुधारक कार्य भइरहेको समेत जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने  गरेको बताएका छन् ।

साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न  बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरेका हुन।

https://aarthikvoice.com/archives/26158

त्यसको साथै प्रधानमन्त्री दाहालले मुलुुकमा एक वर्ष अघि देखिएको ठूलो आर्थिक संकट पाखा लागेको दाबी गरेका छन् ।उनले अब सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित रहेको बताए। ‘अहिले अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक छन्। तर, ती सकारात्मक रहँदा रहँदै अर्थतन्त्रको समग्र क्षेत्र समस्यामुक्त भएको छैन,’ उनले भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन भन्ने मूल्यांकन गरेको छौं ।

एक वर्ष अगाडि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो । विदेशी मुद्रा सञ्चिति न्यूनतम बिन्दुमा घटेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव थियो । ब्याजदर धान्न नसक्ने तहमा पुगेको र मूल्यवृद्धि पनि उच्च थियो ।’

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?