काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या तत्काल सम्बोधन गर्न नसक्दा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकाले समस्या समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।
आज (सोमबार) दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। सहकारीको समस्या छिटो समधान नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्नेरु त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्ु, उनले भने।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि निर्णय गरेर जानुपर्ने बताएका छन् ।
बैठकमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताएका छन्।


































