National life

असल नियतका साथ भय रहित वातावरणमा काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
452Shares
असल नियतका साथ भय रहित वातावरणमा काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असल नियतका साथ काम गर्न तथा भय र त्रासमा नपर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नियमित बैठकमा सबै मन्त्रालयहरूका सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले कानुन र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुशासन नै सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै त्यसमा अडिग भएर काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सचिवले भने ‘ म पनि कानुन विपरीतको कुनै काम गर्दिनँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तपाईँहरू पनि नगर्नुस्, असल नियतले काम गर्दा भय र त्रासमा नपर्नुहोला ।’

प्रधानमन्त्री प्रचण्डले असल नियतले काम गर्दा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी आफैँले लिने बचनबद्धता व्यक्त गरेका थिए । साथै प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?