काठमाडौँ । हाल चर्चामा रहेको वाईवाईको विषयमा चौधरी ग्रुपका निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै खण्डन गरेका छन् ।
निर्वाण चौधरीले आइपिओ जाने भएपछि वाइ वाइलाई बदनाम बनाउने प्रयत्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै चौधरीले वाइ वाइ ब्रान्डलाई बदनाम गर्ने प्रयास स्वरूप केही गलत हर्कतहरु सलबलाइएको आरोप लाएका छन् ।
नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसके र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको चौधरीको दाबी छ ।
‘हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्,‘ उनले भने,‘ अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ? ’
यस्तो छ उनको स्ट्याटस



































