National life

आर्थिक वृद्धिको गतिमा बढोत्तरी आउने गरी योजना बनाउन देखिएको छ: मन्त्री अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
694Shares
आर्थिक वृद्धिको गतिमा बढोत्तरी आउने गरी योजना बनाउन देखिएको छ: मन्त्री अर्याल
ncell

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिमा सुधार आउनेगरि गति बढाउने ढङ्गले योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले योजनाहरू सफल पार्नु भन्दाअघि विगतका योजनाहरू कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताएका छन् ।

उनले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको बताए। उनले एउटा योजनामा सबै समेट्ने कारणले श्रोत छरिन्छ र विकास सम्भव नहुने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले रोजगारमूलक आर्थिक विकासको लागि कृषि र उद्योगको विकास महत्त्वपूर्ण रहेको जिकिर गरे। उनले पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संरचना, खर्चमा पुँजीको विषय र सङ्घीयता आइसकेपछि तीन तहकै सरकारलाई सङ्घीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भूमिका खेल्ने बताए।

उनले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि निर्मम हुन नसके विकास सम्भव नरहेको बताए। उनले भ्रष्टाचारको अन्त्य गर्नको लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके हामीले बनाउने योजनाहरूले सफलता पाउने कुरामा प्रश्न उठ्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?