National life

इटालीका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री रेखा शर्माको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
636Shares
इटालीका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री रेखा शर्माको आग्रह
ncell

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्नका लागी निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) को १०औँ वार्षिक साधारण सभामा सञ्चार मन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पु¥याउन सकिन्छ र बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले सक्रियता पूर्वक काम गर्नुपर्ने बताइन्।

विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। भूकम्पपछिको पुनः निर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चार मन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरिन् । आगामी वैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उनको भनाइ छ।

“नेपालले लगानी सम्मेलन आयोजना गर्दै छ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्ट ट्र्याक’मा संशोधन हुँदै छन्”, सञ्चार मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।”

नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुई देशबिचको आर्थिक तथा व्यापारिक साझेदारीलाई थप बढाउन निजी क्षेत्रले भूमिका खेल्ने बताए । नेपालको निर्यात व्यापारलाई कसरी बढाउन सकिन्छ र मुलुकको अर्थतन्त्रलाई योगदान पु¥याउन सकिन्छ भनेर निजी क्षेत्रले प्रयास गरिरहेकामा सरकारका तर्फबाट साथ सहयोगको अपेक्षा रहेको उनले बताए ।

इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेयले दुई देशको व्यापार र लगानी साझेदारीका लागि थप पहलको आवश्यकता औँल्याए । लगानी तथा व्यापार सहरीकरणका लागि पनि उनले आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?