National life

कार्यसम्पादन कमजोर भएमा कुनै मन्त्रीलाई माफीको छुट छैन : प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
471Shares
कार्यसम्पादन कमजोर भएमा कुनै मन्त्रीलाई माफीको छुट छैन : प्रधानमन्त्री
ncell

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसम्पादन राम्रो नभए मन्त्रीहरूलाई पदमुक्त बनाउने चेतावनी दिएका छन्।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रीहरूलाई यस्तो चेतावनी दिएका हुन्। ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन,’।

प्रधानमन्त्रीले भने, ‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन । यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’

उनले संघीयतामा प्रदेशहरूले उठाएको माग पनि आफूले बुझेकाले सम्बोधन गर्ने बताए। ‘राष्‍ट्रिय समन्वय परिषद्को पहिलो बैठक मैले नै डाकेको हुँ ।

सङ्‌घ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्‍टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिँदैछ। राष्‍ट्रिय सभाको सङ्‌घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सिफारिसहरू पनि कार्यान्वयनको चरणमा छन्,’ उनले भने।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?