National life

कुलमान बर्खास्ती प्रकरण: 'कर्मचारीको गुण-दोष हेर्ने ठाँउ संसद् होइन' प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
833Shares
कुलमान बर्खास्ती प्रकरण: 'कर्मचारीको गुण-दोष हेर्ने ठाँउ संसद् होइन' प्रधानमन्त्री ओली
ncell

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे सनदलाई जवाफ दिएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर अवरोध गरेपछि सोमबार प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन्। जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीको गुण–दोषबारे टिप्पणी गर्ने ठाउँ संसद् नभएको बताएका छन्।

ओलीले कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिनु सामान्य भएको उनले बताए।

साथै, उनले राम्रो गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै निर्धारण गरेको समेत बताएका छन् । ​केही दिनयता संसद अवरुद्ध छ। सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो। प्रधानमन्त्री ओलीले भने

यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन। विभागीय मन्त्रीको फिलिङ सहि कि गलत, त्यसको पनि परीक्षण होला। हुने ठाउँमै होला। ओलीले थप प्रस्ट पार्दै भने

साथै यस विषयमा थप बहसको आवश्यकता नभएको रअहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठूलो बहस विवाद चलाउने परिस्थिति नभएको उनको भनाई छ । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको प्रधानमन्त्री ओलीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
833SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?