National life
cg eloctronics

केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त अवस्थामा छ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
1.8kShares
केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त अवस्थामा छ : प्रधानमन्त्री  प्रचण्ड
muktinatha bikash bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको बताएका छन् ।

अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मङ्गलवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने सङ्कट गहिरिन सक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए ।

सहकारी, लघुवित्त क्षेत्रमा देखिएको सङ्कट समाधानको उपाय खोज्नुपर्ने उनले बताए। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए । तर यसलाई देखाएर एक थरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए।

अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरू, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरू समस्या समाधान गर्न एक ठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?