काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए ।
उनले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिन सक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे । उनले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।
ढकालले भने ,‘उद्योग वाणिज्य, भन्सार र वन लगायतका विद्यमान ऐन कानून र नीतिहरू छन्। ती नीतिहरू जबसम्म परिमार्जन गर्न सक्दैनौ तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन । त्यसको लागि सरकारले उच्च स्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ । त्यसले ऐनहरू पुराना ऐनहरू सुधारको लागि सुझाव दिओस् भन्ने महासंघले सुझाव राखेको थियो। अहिले त्यही अनुसार आयोग गठन भएको छ ।
निजी क्षेत्रको प्रविधित्वले आगामी दिनमा निजी क्षेत्रका मुद्दाहरू सम्बोधन र व्यावसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने उनको भनाई छ। आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिन सक्यो भने सम्भव हुने उनको धारणा छ ।
उनले उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानून र नीतिहरू परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गरे ।

































