National life

दक्ष जनशक्ति उत्पादन वृद्धि गर्न गुणस्तरीय अध्ययन अनिवार्य हुनुपर्दछ: प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
505Shares
दक्ष जनशक्ति उत्पादन वृद्धि गर्न गुणस्तरीय अध्ययन अनिवार्य हुनुपर्दछ: प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनु अनिवार्य रहेको बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १३औँ बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश,सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

“गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनै पर्दछ”, प्रधानमन्त्रीले भने, “दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।”

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबिच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने प्रस्ट पारेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?