National life

दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालनमा ल्याउदै सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
590Shares
दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालनमा ल्याउदै सरकार
ncell

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा कोरोना पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालन गर्नका निमिक्त माग भएको छ ।

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए।

बडूले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरीन ।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावाति गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए।

यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरेका छन्। शून्य समयमा बोल्दै अन्य सांसदहरुले समसामयिक विषय उठान गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?