National life

देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्न आवश्यक छ: ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
720Shares
देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्न आवश्यक छ: ढकाल
ncell

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्रै लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ७२औँ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै ढकालले देशभित्रै लगानीका प्रशस्त सम्भावना रहेको कारण तिनलाई अवसरमा बदल्नु पर्ने बताएका हुन्।

अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई निस्तेज पार्न आवश्यक रहेको बताएका छन् ।

‘नेपालमा प्राकृतिक स्रोत–साधनको प्रचुर सम्भावना छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीले यसलाई ‘क्यापिटलाइज’ गर्नु सक्नु पर्छ। यहाँ भएका स्रोत–साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशीलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिन्छ,’ ढकालले भने

यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने पनि बताएका छन्। ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भनेका छन्।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?