National life

देशमा उद्योग खोल्नेलाई सरकारले अपराधिजस्तो व्यवहार गर्‍यो : उद्योगीअग्रवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
730Shares
देशमा उद्योग खोल्नेलाई सरकारले अपराधिजस्तो व्यवहार गर्‍यो : उद्योगीअग्रवाल
ncell

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले एक व्यक्तिलाई सफल देखाउन सरकार निरीह भएको जस्तो देखिएको आरोप लगाएका छन् ।

आइतबार डेडिकेटेड ट्रंक लाइनको विवादका विषयमा आयोजना भएको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले प्रमाण देऊ, हामी पैसा तिर्छौं भनिरहँदा जबरजस्ती लाइन काटिएको र प्रमाण देखाउन नसक्दा समेत एक व्यक्तिलाई सफल देखाउन सरकार निरीह देखिएको उनको आरोप छ।

‘एउटा व्यक्तिको महत्त्वाकांक्षा पूर्तिका लागि, एउटा व्यक्तिको कार्यक्षमता प्रमाणित गर्नका लागि यो सरकार कति निरीह भएको छ,’ विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई अघोषित ताकेता गर्दै अग्रवालले भने, ‘हामीलाई प्रमाण देऊ, हामी पैसा तिर्छौं भनिरहँदा जबरजस्ती लाइन काट्नु, प्रमाण नै छैन भन्नु तर तिर्नैपर्छ भन्नु यो कहाँसम्मको कुरा हो ?

आग्रवालले देशमा उद्योग खोल्नेहरुलाई अपराधिजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाएका छन्। उद्योग खोल्छु, रोजगारी सृजना गर्छु, राज्यलाई कर तिर्छुभन्दा राज्यले अपराधी जस्तो व्यवहार गरेको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नेपालमा नै बसौ, उद्योग खोलौ, रोजगारी सृजना गरौ, राज्यलाई कर तिरौं भने त्यो वातावरण नै छैन’ उनले भने ‘अहिले नेपालमा ६१ उद्योगले अपराध गरेको जस्तो प्रमाणित गर्न खोजिएको छ । राज्यलाई कर तिरौं भन्दा त्यो अधिकार उद्योगीलाई छैन भन्न खोजिँदैछ । त्यो अधिकार राजनीतिज्ञ वा कर्मचारीलाई मात्रै भएको जस्तो देखिएको छ । के यो देशमा उद्योग खोल्नु अपराध हो।’

‘३५ वर्षअघि उद्योग लगाउनु अघि एक जनाले मलाई यो देशमा उद्योग लगाउनु अपराध हो भनेका थिए भन्ने घटनाको स्मरण गर्दै उनले भने उद्योग लगाएँ तर हरेक संस्थामा हामीलाई अपराधी जस्तो व्यवहार गर्छन् ।’

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?