National life

‘नयाँ प्लान ल्याएर नेपाली बजारको विश्वसनीय आधार साल्ट ट्रेडिङ बनाउनुपर्छ': मन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ भदौ २०८१, बिहिबार
721Shares
‘नयाँ प्लान ल्याएर नेपाली बजारको विश्वसनीय आधार साल्ट ट्रेडिङ बनाउनुपर्छ': मन्त्री भण्डारी
ncell

काठमाडौँ । सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो ६१औँ वर्ष पार गरेर ६२औँ वर्षमा प्रवेश गरेको विशेष अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

कर्पोरेश्नको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले साल्ट ट्रेडिङलाई व्यावसायिक, थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग गर्ने कुरामा सरकार तयार रहेको बताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा सरकारको समेत आबद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्य योजना भएको हुनुपर्ने उनको भनाइ छ।

साल्ट ट्रेडिङको वृद्धि र विकास तथा आपूर्ति शृङ्खलामा व्यवस्थित रूपमा अगाडि बढाउन नीतिगत रूपमा केही कदम चाल्नुपर्छ भन्ने महसुस गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सधैँ साथमा रहने उनको मन्त्री भण्डारीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री भण्डारीले भने ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्य योजना अघि बढोस्। हाम्रो मन्त्रालयको सुधार कार्य योजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ सरकारले जसरी कर्पोरेसनलाई विश्वास गरेको छ त्यसै गरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रूपमा उभिन सक्नुपर्ने मन्त्री भण्डारीले उल्लेख गरेका छन् ।

६ दशक लामो यात्रा पार गरेको कर्पोरेशनले आफ्नो लामो यात्रामा अनेक उतारचढाव पार गरेर यो स्थानमा आइपुगेको चर्चा गर्दै मन्त्री भण्डारीले नेपाली आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिकालाई नजरअन्दाज गर्नै नसकिने बताए।

‘अहिले अत्यावश्यक वस्तुको उपलब्धता सहज भए पनि हिजोमा असहज परिस्थितिमा आफ्नो क्षत्रमा व्यावसायिकता रहेर उल्लेख्य काम गरेको छ,’ उनले भने, ‘वार्षिकोत्सवको अवसरमा संस्थाको उन्नति, प्रगति र अझ अब्बल व्यावसायिकतामा उभिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?