National life

नव गठित सरकार बिचौलियाको पहलमा अपारदर्शी ढङ्गले बनेको हो: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
782Shares
नव गठित सरकार बिचौलियाको पहलमा अपारदर्शी ढङ्गले बनेको हो: प्रचण्ड
ncell

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाल बनेको कांग्रेस–एमालेको गठबन्धन सहितको सरकार षड्यन्त्रमूलक ढङ्गले बनेको आरोप लाएका छन् ।

बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको बताएका छन् । साथै अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताएका छन् ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सह्यै भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, आम जनतामा त्यो पनि छर्लङ्ङ भएको छ ।ुु

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटर व्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको आरोप लगाएका छन्। उनले भने  ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सह्यै भएन’

उनले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।

यो समाचार शेयर गर्नुहोस्
782SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?