National life

नेपालबाट उच्च शिक्षामा भइरहेको ‘आर्थिक बहाव’रोक्नुपर्छ : प्रधानमन्त्री 'प्रचण्ड'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
553Shares
नेपालबाट उच्च शिक्षामा भइरहेको ‘आर्थिक बहाव’रोक्नुपर्छ : प्रधानमन्त्री 'प्रचण्ड'
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने भन्दै चासो देखाएका छन्।

भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरूसँग सम्बन्धित स्रोतहरू स्वदेशमै राख्न पहल गर्नुपर्ने बताएका छन् ।

“शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठुलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरूका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।”उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी शक्तिहरूले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको स्मरण गर्दै उच्च शिक्षा र सीपका लागि ठुलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरू आकर्षित हुने गरेको प्रवृत्ति देखिएको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?