काठमाडौँ। नेपाली काङ्ग्रेसकी सांसद सीता मिजारले आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सरकारले सहकारी पीडितलाई न्याय दिलाउन नसकेको बताएकी छन्।
सांसद मिजारले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको आरोप लगाएका छिन्। ‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् ।
उनले सहकारी ठगीमा जोडिएका जीवी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न गरेकी छिन् । ‘सहकारी ठगी गरेर भागेका जीवी राईलाई तत्काल पक्राउ गर्ने आश्वास दिनु भएको थियो । खै कहिले पक्रेर कारबाहीको दायरामा ल्याउनुहुन्छ रु जीवी राई कहाँ छन् ?,’ उनले भनिन् ।
गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ । ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पष्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? उनको प्रश्न छ ।

































