National life

पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको थियोः गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
608Shares
पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको थियोः गृहमन्त्री लेखक
ncell

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ स्थित पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय अहिले नभएर २०७५ सालमै भएको बताएका छन् ।

आज राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’गृहमन्त्री लेखकले भने

निर्माणाधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेसनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले उनको भनाई छ । यो निर्णय तत्कालीन गृहमन्त्री स्तरको निर्णय रहेको उनले राष्ट्रियसभामा जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको सन्दर्भमा उत्पन्न विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको समेत धारणा व्यक्त गरेका छन् । सरकार वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान चाहने उनको भनाइ थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?