National life

पाथीभरा केबुलकार निर्माणमा बल प्रयोग भए देशव्यापी आन्दोलन हुन्छ: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
715Shares
पाथीभरा केबुलकार निर्माणमा बल प्रयोग भए देशव्यापी आन्दोलन हुन्छ: प्रचण्ड
ncell

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादबारे धारणा राखेका छन् ।

दाहालले उक्त विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने टिप्पणी गरेका छन् । हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आन्दोलनकारीको पक्षमा उभिएको संकेत गरेका छन् ।

‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने, थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ,’ दाहालले भने, ‘फेरि पनि त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’

पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे । ‘यसलाई बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई इतिहास र पौराणिकताको विषयलाई हल गर्न खोज्यो भने त्यो दुर्भाग्य हुन्छ’ प्रचण्डले भने

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?