काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने प्रयास चलिरहेको जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सबै ऋणलाई अनुदानमा बदल्ने कोसिस जारी रहेको जानकारी दिएका छन् ।
'२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान छ । त्यो सम्भावना देखेको छु,'' उनले भने, अहिलेलाई यत्ति भनेँ ।, उनले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको सुनाए।
चीन भ्रमणमा समझदारी बनेको छ । यहाँबाट छिटै नियमित उडान हुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने

































