काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था साह्रै कमजोर रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकासका लागि वित्त’ संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले कूल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै वैदेशिक अनुदान समेत लक्ष्यअनुसार नआएको बताएका छन् ।
‘प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै छ।
सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ। ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठुलो जोखिम खडा गर्छ।’हाम्रो देश अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरू चुनौती थप्ने महासंघ अध्यक्ष ढकालको भनाई छ ।

































