National life

बत्ती हुँदा समेत छैन भन्दै फोन गरेर दुख दिनेको नम्बर नोट गरी कारबाही गर्छौ : मन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
953Shares
बत्ती हुँदा समेत छैन भन्दै फोन गरेर दुख दिनेको नम्बर नोट गरी कारबाही गर्छौ : मन्त्री खड्का
ncell

काठमाडौँ । नेपालले आवश्यकता अनुसारको विद्युत् आपूर्ति गरिरहेको उल्लेख गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का भ्रम नछर्न र भ्रममा नपर्न आग्रह गरेका छन् ।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले भ्रम छर्ने काम बढी भएको भन्दै अफबाहको पछाडि नलाग्न आग्रह गरेका छन् ।

उनले विद्युत् जानु नेपालमा विद्युत् कम भएर नभई विपद्जन्य घटनाले पारेको अवरोध रहेको जानकारी दिएका छन्। उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत् पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले कृत्रिम कुराहरू प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको भन्दै गुनासो व्यक्त गरेका छन्।

मन्त्री खड्काले नेपालले अहिले विद्युत् आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत् बढी भइरहेको समेत जानकारी दिएका छन्। उनले विगतको भन्दा राम्रोसँग विद्युत् आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे।

मन्त्री खड्काले विद्युत् नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए। नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहेको भए पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको जानकारी गराउँदै दुःख दिने हिसाबले टेलिफोन गर्नेहरूको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?