National life

बाफिया विधेयक : यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लैजान्छ 'अध्यक्ष ढकाल' 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
1.3kShares
बाफिया विधेयक : यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लैजान्छ 'अध्यक्ष ढकाल' 
ncell

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने काम नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै गएमा आर्थिक मन्दी देखा पर्ने धारणा राखेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरूले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने धारणा राखेका छन् ।

आज बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा वित्तीय संस्थाको तर्फबाट कारोबार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने भन्दै चिन्तासहितको धारणा राखेका हुन् ।

उनले भने, ‘बैङक तथा वित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको एक प्रतिशत वा सो भन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ।’

उनले बैंक पनि आफै चलाउने र ऋण पनि आफै चलाउने भन्ने गलत हिसाबको दृष्टिकोण राखिएको भन्दै यो एक प्रतिशतबाट बढाउन नहुने बताए । आज समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो ।

महासंघका अध्यक्ष ढकालले यसको असर के हुन्छ भनेर विचार नै नगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्ने विधेयक ‘ड्राफ’ गरिएको धारणा राखेका छन्। बैंकमा एक प्रतिशतभन्दा बढी शेयर भएको व्यक्तिले यदि कुनै पनि उद्योग व्यवसायमा ऋण लिन नपाउने हो भने अधिकांश उद्योग व्यवसायहरू बन्द हुने उनको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?