काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न नमिल्ने बताएको छ। आज बसेको रास्वपा संसदीय दलको बैठकमा भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको रास्वपाले बताएको छ।
‘भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला मुद्दा चल्न सक्छ।
भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि छानबिन गर्न हदम्याद राख्नुपर्ने अधिकांश सांसदको राय छ।
विधेयकमा पदीय दुरुपयोग गरेको भ्रष्टाचार गरेको जानकारी भएको मितिले ५ वर्ष भित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो। यसैगरी रास्वपाले जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय गरेको छ।




































