काठमाडौँ । सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ ।
स्रोतका अनुसार नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुख्यमन्त्री पाण्डेले फकाइरहेका छन् ।


































