काठमाडौँ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक भएका छन् ।
आजको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
२०८१ असोज ९ देखि १० सम्म उज्बेकिस्तानको समर खण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक बैठकमा उपप्रधान एवम् अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने पनि बैठकले निर्णय गरेको हो ।
यसकासाथै, सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बनेका राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।उक्त बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/matriparisad-ko-nirnaya.pdf" title="matriparisad ko nirnaya"]





































