National life

रवि जी माथि राजनीतिक प्रतिशोध नै साँधियो: बाबुराम भट्टराई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
483Shares
रवि जी माथि राजनीतिक प्रतिशोध नै साँधियो: बाबुराम भट्टराई
ncell

काठमाडौँ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।

लामिछानेलाई भेटेपछि डा. भट्टराईले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै साँधिएको अभिव्यक्ति दिएका छन् । उनले भने,‘ सहकारीको समस्या सुल्झाउने भन्दा पनि विषायान्तर गर्न रविप्रति शोध साँधिएको भन्ने आफूलाई शंका लागेको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको डा.भट्टराईको भनाई छ । ‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।

सरकारले चाहेको खण्डमा सहकारीको समस्या समाधान गर्न सक्छ, तर ३० वर्षदेखि शासन गरेका दलहरूले हिजो आएको दलमाथि विभिन्न आरोप लगाएर दुख दिने काम गरेको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?