National life

राज्य स्तरबाटै सभापति ज्यू को बदनाम गर्ने प्रयास भएको छ: प्रमुख सचेतक परियार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
979Shares
राज्य स्तरबाटै सभापति ज्यू को बदनाम गर्ने प्रयास भएको छ: प्रमुख सचेतक परियार
ncell

काठमाडौँ। गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले विशेष निगरानी बढाएसँगै रास्वपामा तरङ्ग पैदा भएको छ । सोही संस्थाका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशी बन्जाडे पक्राउ परेसँगै तत्कालीन पार्टनर लामिछानेमाथि पक्राउको दबाब बढेको बुझिएको छ

यस विषयमा लामिछानेले भने आफूले गल्ती नगरेको कारण कुनै पनि डर त्रासमा नरहेको बताउँदै आएका छन् । कास्कीस्थित सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारी ठगी छानबिन विशेष समितिले गरेको सिफारिसको आधारमा रविमाथि कारबाहीको दबाब बढेसँगै प्रहरीले उनको निगरानी बढाएको छ ।

लामिछानेले ग्यालेक्सी मिडियामा रहँदा धमाधम करोडौँ चेक काटेका तथ्यहरू बाहिरिएसँगै रवि प्रहरीको निगरानीमा परेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सामाजिक सञ्जाल र केही मिडियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने भएका भन्ने समाचार बाहिरिएसँगै उक्त समाचार आधारहीन भएको भन्दै रास्वपाले खण्डन गरेको छ ।

सभापति लामिछानेले गिरफ्तारी दिने आधिकारिक निर्णय भएको लगायतका समाचार बाहिरिएपछि उक्त विषय आधारहीन र सभापति लामिछानेको चरित्रहत्या गर्नलाई गरिएको प्रयास बाहेक केही नभएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

आर्थिक भ्वाईससंग संक्षिप्त कुराकानी गर्दै सचेतक परियारले भने 'सभापति ज्यूलाई बदनाम गर्न र जनताको विश्वास माथि घात गर्न भएको अनेकौँ प्रयास मध्येको एक यो पनि हो ! उहाँले गिरफ्तारी दिने विषय पार्टीमा छलफल भएको छैन ।' साथै उनले सभापति लामिछाने सहकारी रकम अपचलन प्रकरणमा निर्दोष भएको तर दोषी देखाउन राज्य स्तरबाटै अनेकौँ हर्कत भएको जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?