National life

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
711Shares
रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ: प्रधानमन्त्री
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्।

बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताए ।

“वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।”

त्यस्तै, श्रमाधान रोजगार मेलाको उद्घान समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुखद् विषय भएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने उनले विश्वास व्यक्त गरे । ‘युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ ।’

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न केही अघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए ।

कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरुमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए । ‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौं भनेर हो,’ उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए । श्रमाधान रोजगार मेलाका अवसरमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सके रोजगारीका प्रशस्त अवसर सिर्जना हुने र मेलाले सार्थकता पाउने बताएका हुन्।

रोजगार मेला रोजगारदाता र रोजगारीका खोजीमा रहेका व्यक्तिको मिलनविन्दु हुने उनको विश्वास छ । अध्यक्ष ढकालले रोजगार मेलामा आयोजकका रुपमा सहभागी हुन पाउनु निजी क्षेत्रका लागि गौरवको विषय भएका बताए। लगानी तथा रोजगारी बढाउनका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेर महासंघले दिएको सुझावलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनले खुसी व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?