National life

लगानी सम्मेलन अगावै कानून संशोधन गरेर लगानीमन्त्री वातावरण बनाउनुपर्छ: महासंघ अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
539Shares
लगानी सम्मेलन अगावै कानून संशोधन गरेर लगानीमन्त्री वातावरण बनाउनुपर्छ: महासंघ अध्यक्ष ढकाल
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् छन् ।

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

“लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानूनहरु संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । लगानी सम्मेलन अगाडि नै यी कानूनहरु संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फीडेन्स बढेर जाने बताएका छन् ।

उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताएका छन्।

“निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,” अध्यक्ष ढकालले भने।

महासंघका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएरर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्कासन गर्न अनुमती दिन समेत आग्रह गरेका छन् । “आईपीओमा जाने प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ रोकिएको छ ।

यो प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न खुल्ला गर्नुपर्छ । अहिले करिश २५र३० वटा कम्पनीहरु आईपीओमा लैजानका लागि प्रकृयाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,” उनले भने।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?