National life

वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने मागप्रति सरकार सकारात्मक छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
539Shares
वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने मागप्रति सरकार सकारात्मक छ: अर्थमन्त्री पुन
ncell

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघको बिर्तास्थित कार्यालयमा राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले वीरगन्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो र सरकारको समर्थन रहेको बताएका हुन।

मधेश प्रदेश सरकारसँगको समन्वयमा वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको मन्त्री पुनको भनाइ छ। ‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नै पर्छ,’ मन्त्री पुनले भने, ‘वीरगन्ज आर्थिक केन्द्र नै हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
औद्योगिक नगरी नै हो ।’ देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै मन्त्री पुनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए।

निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेट मार्फत गरिने मन्त्री पुनले उल्लेख गरे। निराशाको अन्त्य गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले प्रयास गरिरहेकाले विश्वास गरिदिन पुनको अपिल छ । सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि मन्त्री पुनले गरेका छन् ।

आन्तरिक र बाह्य स्रोत परिचालन मार्फत मुठ्ठी फुकाएर खर्च गर्ने नीति सरकारले लिएको र त्यसले अर्थतन्त्र चलायमान बनाउन योगदान गर्ने विश्वास मन्त्री पुनले व्यक्त गरे। निजी क्षेत्रलाई प्रवर्द्धन र प्रोत्साहन गरी प्रतिस्पर्धाको बजार बनाइदिन सरकार प्रतिबद्ध रहेकाले सहयोग गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?