National life

व्यवस्थित र नियन्त्रित रूपमा टिकटक सञ्चालनमा ल्याउन सांसद शाहको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
446Shares
व्यवस्थित र नियन्त्रित रूपमा टिकटक सञ्चालनमा ल्याउन सांसद शाहको आग्रह
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रित रूपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकटोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताउँदै टिकटक खोल्न सरकार समक्ष आग्रह गरेका हुन।

टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठुलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरे पनि भीपीएनबाट ठुलो सङ्ख्यामा टिकटक चलिराखेको उनले बताए ।

सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन त छैन होला।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर टिकटक बन्द भएपछि ब्यान्थविथ घटेर डेटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्यांकले देखाए उनको दाबी छ ।

टिकटकबाट साना व्यवसायीले गरिरहेका घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायी बेरोजगारी र विस्थापित भएको, यसको हिसाब गरिसाध्य छैन । अरु पनि सूचीकृत नभएका फेसबुक इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकटोक चलिराखेका छन् । तर टिकटकमा मात्रै अपराध र विकृति फैलिने कुरा स्वीकार्य छैन उनले बताएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?