National life

शिथिलतामा रहेको अर्थतन्त्रमा सुधार देखिन थालेको छ : उद्योग मन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
1.1kShares
शिथिलतामा रहेको अर्थतन्त्रमा सुधार देखिन थालेको छ : उद्योग मन्त्री भण्डारी
ncell

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पछिल्लो केही समययता शिथिलतामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन् ।

आज नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्रीले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताए हुन।

‘सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरूको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, मन्त्री भण्डारीले भने यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्त्वपूर्ण हुने मैले विश्वास लिएको छु ।’

मन्त्री भण्डारीले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत रेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत रेखाङ्कनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख  बताएका हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।’

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?