National life

श्रमिकलाई मर्यादित काममा लगाउने कार्यसूची सरकार प्रतिबद्ध छ : मन्त्री अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
599Shares
श्रमिकलाई मर्यादित काममा लगाउने कार्यसूची सरकार प्रतिबद्ध छ : मन्त्री अर्याल
ncell

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार जेनेभामा आयोजित ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले श्रमिकलाई मर्यादित काममा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए

मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिएका जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

मन्त्री अर्यालले मङ्गलबार अपराह्न मलेसियाका मानव संशाधनमन्त्री चि केओङ सिमसँग भेटवार्ता गरेका थिए। त्यस अवसरमा उनीहरूबीच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी मन्त्री अर्याल र कतारका श्रममन्त्री अली समिख अल मारीबीच पनि मङ्गलबार नै भेटवार्ता भएको थियो। नियोगले दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गरेका जनाएको छ।

सम्मेलनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री अर्याल पनि सामेल हुनेछन्। गत सोमबार जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अर्याललाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले स्वागत गरेका थिए। मन्त्री अर्यालय यही जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम छ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?