काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यको प्रयासका लागि सत्ता पक्ष र प्रतिपक्ष दलहरूसँग गरेको छलफल निष्कर्षविहीन बनेर सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले अलग अलग र संयुक्त रूपमा छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने सूचना सहित शीर्ष नेताहरू बाहिरिएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरूले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेताले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन आज सभापति लगायतका नेताहरूसँग छलफल गर्ने जनाएका छन् ।

































