National life

सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै हो भन्नेमा दुई मत छैन: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
580Shares
सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै हो भन्नेमा दुई मत छैन: प्रधानमन्त्री
ncell

काठमाडौँ । सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

आज काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले सरकारको अन्तिम लक्ष्य भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि दुबिधामा नपर्न बताए।

उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयास केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको बताए।

उनले नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिईकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम ननिस्कने बताए।

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको उल्लेख गरे। उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए। १६ औँ योजनाले यसैतर्फ विशेष जोड दिन खोजेको छ। उत्पादन, उत्पादकत्व र रोजगारीभन्दा म मान्य सदस्यहरूले, नेताजीहरूले जे राख्नुभयो म त्यसमा सहमत छु।

नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिईकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम निस्किँदैन।' दाहालले भने

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?