National life

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
680Shares
सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पुन
ncell

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन्। अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए।

मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक स्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिए। नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलबिच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र यसले वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानी वातावरण निर्माणमा सहयोग पुग्ने मन्त्री पुनको भनाइ थियो।

‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्र बिच आपसी साझेदारी र विश्वासका साथ काम गरौँ भन्नेमै प्रधानमन्त्री पुष्पकमल दाहाल र मेरो जोड छ।’

लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ दशकमा जलविद्युत् र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिका कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे।

‘गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएको समय प्रधानमन्त्री प्रचण्डले लिएको नीतिका कारण आज हाइड्रोपावरमा हामीले धेरै प्रगति गरेका छौँ। १० हजार मेगावाट विद्युत् भारतमा निकासी वातावरण बनेको छ। सिमेन्ट उद्योगका लागि सडक र बिजुली व्यवस्था सरकारले गरिदिएका कारण सिमेन्ट निर्यात वातावरण बनेको छ । यो सबै नीतिगत निरन्तरताका कारण भएको हो,’ उनले दाबी गरे।

आइटी सेक्टरको प्रवर्द्धनका लागि नीतिगत निरन्तरता हुने गरी काम गर्छौँ,’ मन्त्री पुनले भने। उक्त अवसरमा अमेरिकी चेम्बर अध्यक्ष निर्मल काजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यले अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीलाई विभिन्न सुझाव दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?