National life

 सरकार दूर दराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा लागेको छ : मन्त्री शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
727Shares
 सरकार दूर दराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा लागेको छ : मन्त्री शर्मा
ncell

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दूर दराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको जानकारी दिएकी छिन् ।

आजदेखि झिमरुक गाउँपालिकामा सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै शर्माले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताइन्। शर्माले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिएकी छिन्।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवा पुग्ने बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शर्माले भनिन्, इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ।'

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?