National life

सहकारीमा पुँजीपति व्यक्तिहरूको आगमनले समस्या सृजना भयो : अध्यक्ष वली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
630Shares
सहकारीमा पुँजीपति व्यक्तिहरूको आगमनले समस्या सृजना भयो : अध्यक्ष वली
ncell

काठमाडौँ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा आएर नाफा कमाउने नियतका साथ ठगी धन्दामा लागिपरेको बताएका छन्।

आज काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला–२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताएका छन्।

पुँजीपतिले त व्यवसाय चलाउने , उद्योग चलाउने हो सहकारी होइन। तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने,

‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् ।’उनले नेपालमा सहकारीको विपक्षमा रहेकाहरू सहकारीमा आबद्ध हुँदा सहकारीहरू सङ्कटमा परेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ठुला र धेरै पैसा जम्मा गर्नेहरू सङ्कटमा पर्दा धेरै मानिसको पैसा डुब्दा सहकारीप्रति आशङ्का उब्जेको ओलीको भनाइ छ । ‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे। जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भने,

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?