National life

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
650Shares
सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताएका छन्।

सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“सहकारी आन्दोलनको महत्व ठीक ढङ्गले बुझ्ने, जनताको दैनिक जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिन्छ”, प्रधानमन्त्रीले भने,“तसर्थ, पार्टीका सबै तहका कमिटीमा सहकारी संस्थाको अध्ययन, अनुगमन, मूल्याङ्कन, सहभागिता र नेतृत्वजस्ता विषयमा छलफल गर्ने, सहकारी संस्थामा आबद्ध भएर यस आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउन पहलकदमी लिनुपर्दछ ।”

सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत हुँदा कोभिड महामारीलगायत विश्वव्यापीरूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकारी क्षेत्रको व्यवस्थापनका लागि सरकारले यस वर्षको बजेटमा कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए ।

बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने र बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।

सङ्कटग्रस्त एवं समस्याग्रस्त सहकारीको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए नभएको अध्ययन, दोषीमाथि कारबाहीको सिफारिस र समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न अधिकारसम्पन्न संसदीय समिति गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्कटग्रस्त सहकारीको अवस्थाको अध्ययन गर्नुका साथै सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक सुझाव समितिले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनेगरी बजेट विनियोजन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?