National life

सहकारी ठगीबारे अधिकार सम्पन्न आयोग बनाउन एमाले सांसद पोखरेलको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
512Shares
सहकारी ठगीबारे अधिकार सम्पन्न आयोग बनाउन एमाले सांसद पोखरेलको माग
ncell

काठमाडौँ। नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले आज भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन सांसदको माग गरेका छन् ।

पोखरेलले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरूको कारण खोजी गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने माग राखेका छन्। ‘सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवार पूर्वक (दोषी) खोजी गर्नुपर्छ।

म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ ,’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै सरकारले सामाजिक सहकारी र दैनिक रकम सङ्कलन गर्ने सहकारी सङ्कलन छुट्टाउनुपर्ने उनले बताए ।

‘सम्पत्तिको स्रोत प्रमाणित गरौँ । यी दोस्रो खाले सहकारीले जम्मा गरेको सम्पत्तिको स्रोत के हो रु त्यो कुराको प्रमाणित गर्न लगाऔँ,’ पोखरेलले भने ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?