काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउनआफू लागी परेको बताएका छन् ।
जाजरकोटका एक व्यक्तिको गुनासोलाई आफ्नो सामाजिक संजाल मार्फत जवाफ दिँदै उनले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको उल्लेख गरेका छन् ।
साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाइहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला ।
हामीलाई सधैँ झकझकाउनुहोस् । उनले लेखेका छन् ।





































