National life

सिंहमाथि मिश्रको आक्रोश 'तपाईँलाई चुनाव हराएको दिन रूपान्तरणको शंखनाद हुनेछ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
707Shares
सिंहमाथि मिश्रको आक्रोश 'तपाईँलाई चुनाव हराएको दिन रूपान्तरणको शंखनाद हुनेछ'
ncell

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहमाथि बाल मन्दिरको विषयलाई लिएर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न चेतावनी दिएका छन् । उनले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराइदिने दाबी गर्दै फेशबुक मार्फत सिंहको आलोचना गरेका छन् ।

मिश्रले लेखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला‚’

मिश्रको स्टाट्स: 


एक्लै-एक्लै फाइट गर्ने?



एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।



तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा'छ?



चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ।



मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ।



अब तेस्रो पटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न "मुद्दा नै ढिसमिस गर्न खोज्ने" तपाईँलाई नहराई त कहाँ छोडुँला र!



जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।



नया पत्रिकाको समाचारको अंश:



कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको छ।



कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका वेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको हो । वैद्य बाल संगठनकी पूर्वअध्यक्ष हुन्।



३३ वर्षसम्म एकछत्र अध्यक्ष भएर संगठन चलाउने क्रममा वैद्यले संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा अनियमित तबरले लिजमा लगाएकी थिइन्।



 

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?