National life

सिधाकुराले प्रकाशित समाचार सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति नाफिजको ध्यानाकर्षण 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
1.2kShares
सिधाकुराले प्रकाशित समाचार सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति नाफिजको ध्यानाकर्षण 
ncell

काठमाडौँ । सिधा कुरा डटकमले प्रकाशित गरेका समाचारजन्य विषयवस्तु सम्बन्धमा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट भएको फैसलाप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

नाफिजका महासचिवसमेत रहेका उक्त अनलाइनका कार्यकारी सम्पादक नवीन ढुङ्गानासहितका पत्रकारहरूबाट उक्त सामग्री हटाई माफीसमेत मागेको अवस्थामा भएको जेल चलानप्रति गम्भीर ध्यानाकर्षण र चिन्ता भएको जनाएको छ ।

समाचार सामग्री प्रकाशन प्रशारण गरेकै आधारमा जेल सजाय हुनु हाम्रो कल्पनाबाहिरको विषय हो। प्रचलित कानुनको अधीनमा अदालतबाट हुने न्याय निरूपणको मान्यतामा नाफिजको सम्मान हुँदाहुँदै माफी मागेर सामग्री हटाइसकेको अवस्थामा पत्रकारलाई  जेल पठाउने गरी भएको निर्णयप्रति चिन्ता व्यक्त गर्दछौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नाफिजले भनेको छ ।

अदालतको अवहेलना भएको भनी मुद्दा दायर भएको भनिएको प्रकाशित तथा प्रशारित सामग्री हटाएको र माफीसमेत मागिसकेको अवस्थामा पत्रकारलाई जेल चलान गर्दा प्रेस स्वतन्त्रतामा पर्न जाने असरप्रति नाफिज चिन्ता व्यक्त गरेको हो ।

नाफिजले नेपालको संविधानले प्रदान गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा ध्यान दिनसमेत सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।  साथै, प्रेस स्वतन्त्रताको पक्षमा लागिरहन, सही र तथ्यगत सूचना प्रकाशन गर्न एवम् कानुनी तथा आचारसंहिताका व्यवस्थाको पालना गर्नसमेत पत्रकार तथा सञ्चार गृहलाई अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?