National life

सीमित व्यक्तिहरूले बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न मिल्दैन: मन्त्री अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
731Shares
सीमित व्यक्तिहरूले बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न मिल्दैन: मन्त्री अर्याल
ncell

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सीमित व्यक्तिहरूले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो नै भएको छ भन्न नमिल्ने बताएका छन्।

प्रथम सहकारी रोजगार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । ‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’ मन्त्री अर्यालले भने

आफ्नो भनाइमा थप स्पष्ट पार्दै उनले भने, ‘केही मानिसहरू सहकारीको बदनाम गर्न लागिरहेका छन् । सहकारीको बदनाम गर्ने बित्तिकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केही व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन ।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझावसमेत दिए । सहकारीले भोलिका दिनमा कसरी काम गर्ने र सहकारीलाई कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने मन्त्री अर्यालको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?